मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मनाङ ङिस्याङ गाउँपालिकामा ग्लोबल आइएमई बैंकको २७० औँ शाखा 

मनाङ ङिस्याङ गाउँपालिकामा ग्लोबल आइएमई बैंकको २७० औँ शाखा 

 ग्लोबल आइएमई बैंक लिमिटेडले मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 
 |  मंगलबार, फागुन ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ४, २०७७

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

फागुन ३ गते सोमबारदेखि नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै आइरहेको छ।  

‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाख भन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।  
 

प्रकाशित: Feb 16, 2021| 03:19 मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्