काठमाडौं- गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित श्याम प्रसाद बस्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
बस्यालले सोमबार (फागुन ३ गते) नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।
बैंकको गत माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजीव ढकाल र सरस्वती पाठक सञ्चालक पदमा निर्वाचित भएका थिए।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन्।