मंगलबार, असोज २०, २०८३

ट्यांकरबाट भारततर्फ डिजेल तस्करी

नेपाल आयल निगमबाट अनुमति लिएरै सञ्चालित ट्यांकर तथा ट्रकमार्फत भारततर्फ डिजेल तस्करी हुने गरेको पाइएको छ।
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– नेपाल आयल निगमबाट अनुमति लिएरै सञ्चालित ट्यांकर तथा ट्रकमार्फत भारततर्फ डिजेल तस्करी हुने गरेको पाइएको छ। 
आइतबार पर्सामा रहेको श्री श्वेता आयल सेन्टर जगरनाथपुरबाट अनधिकृत रुपमा ट्यांकरको चेम्बर र फ्युल ट्यांकीमा राखी भारततर्फ डिजेल तस्करी गर्दै गरेको भेटिएको हो। 

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ना ७ ख १५११ नम्बरको ट्यांकरको चेम्बर र फ्युल ट्यांकरमा १३६० लिटर भारततर्फ तस्करी हुँदै गरेको डिजेल पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतबाटै आयात गरेर आपूर्ति हुँदै आए पनि डिजेल तथा पेट्रोलको मूल्य भारतको तुलनामा नेपालमा सस्तो हुँदा तस्करी हुने गरेको आयल निगमको दाबी छ।

प्रकाशित: Feb 15, 2021| 11:48 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्