बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भ्यालेन्टाइन डेमा अमेरिकाबासी नेपालीले सुरु गरे बरबधुडटकम

भ्यालेन्टाइन डेमा अमेरिकाबासी नेपालीले सुरु गरे बरबधुडटकम

अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्ने नेपालीहरुले बिहेका लागि जोडी मिलाइदिने प्लेटफर्म बरबधुडटकम सुरु गरेका छन्।  
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्ने नेपालीहरुले बिहेका लागि जोडी मिलाइदिने प्लेटफर्म बरबधुडटकम सुरु गरेका छन्।  

National life

बिहे गर्ने उमेर भएका तर समय नभएर सुहाउँदो जीवनसाथी नपाइरहेका नेपालीहरुलाई लक्षित गरेर ‘सम्बन्धहरु विश्वासको धागोले जोडिन्छन्’ नाराका साथ उक्त वेबसाइट सुरु भएको हो। 

प्रेम दिवसको अवसर पारेर सञ्चालकहरुले आइतबार वेबसाइटको औपचारिक सुरुवात गरेका छन्। डा. सञ्चिता शर्मा, डा. प्रकाश कँडेल, केदार खतिवडा र गोविन्द कँडेलको समूहले वेबसाइट सञ्चालन गर्नेछ।

‘पढाइ पनि सकियो। जागिर पनि भयो। अब बिहे गर्ने सोच आयो तर केटा वा केटी साथी छैन। यस्तो अवस्थामा हामी उहाँहरुलाई सहयोग गर्छौं,’ डा. शर्माले भनिन्।

बरबधुडटकमका कार्यकारी अधिकृत खतिवडाले विश्वको कुनै पनि कुनाबाट अनलाइनमा फर्म भर्न सकिने र फर्म पाएपछि सम्बन्धित व्यक्तिसँग फोन, भाइबर, स्काइप वा अन्य माध्यमबाट सम्पर्क गरी उनीहरुको राय बुझेर उपयुक्त जोडी मिलाइदिने बताए।

Laxmi sunrise bank
kumari

सल्लाहकार डा. प्रकाश कँडेलले आएका सूचनाहरु गोप्य राखी उपयुक्त जोडी पाएपछि अनुमति लिएर मात्र एकआपसमा सम्पर्क स्थापित गरिने जानकारी दिए।

सञ्चालन अधिकृत गोविन्द कँडेलले पहिलो चरणमा जोडी मिलाइदिने काम गरिने र विस्तारै विवाहको पूरै प्याकेजको सेवा दिने जानकारी दिए। 

प्रकाशित: Feb 15, 2021| 10:06 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।