मंगलबार, असोज २०, २०८३

९२ अंकले बढेर २५८६ विन्दुमा पुग्यो नेप्से

सोमबार सेयर बजार परिसूचक (नेप्से) ९२.४२ अंकले बढेको छ। बढेको बजार २५८६.०१ विन्दुमा पुगेर रोकिएको हो। 
 |  सोमबार, फागुन ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३, २०७७

काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) ९२.४२ अंकले बढेको छ। बढेको बजार २५८६.०१ विन्दुमा पुगेर रोकिएको हो। 

आज ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.३३ अंकले बढेर ४६९.४४ विन्दुमा पुगेको छ। 

सोमबार २०५ कम्पनीको २ करोड २४ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज सबै समूहको सूचक उकालो लागेको छ। बैंकिङ समूहको सूचक ५७.३२, व्यापार ७१.६, होटल २४, विकास बैंक ४९.९१, जलविद्युत् ६४.४५, फाइनान्स समूहको सूचक ३४.७५ अंकले बढेको छ। 

त्यस्तै निर्जिवन बिमा समूहको सूचक ४४७.४४, उत्पादन १५९.६६, अन्य ६२.६१, जीवन बिमा ३७० र म्युचुअल फण्ड ०.१८ अंकले बढेको छ। 

आज किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। पञ्चकन्यामाई जलविद्युतका लगानीकर्ता भने सबैभन्दा बढी गुमाउने समूहमा परेका छन्।   
 

प्रकाशित: Feb 15, 2021| 09:34 सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्