बुटवल- सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा गुडिरहेको गाडीमा पहिरो खस्दा घाइते भएका एक जनाको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्गको पाल्पाको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा अगाडि (हेडबक्स नजिँकै) सोमबार साँझ पाल्पाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडी गाडीमाथि पहिरो खस्दा तीन जना घाइते भएका थिए।
घाइतेमध्ये स्याङ्जाको वालिङ निवासी अन्दाजी २२ वर्षका आशिष खाँण ठकुरीको लुम्बिनी बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
पहिरोमा परी घाइते भएका दुई जनाको उपचार भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख योगेन्द्र सिंह थापाले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।