शुक्रबार, कात्तिक २८, २०८२

‘लाल सिंह चड्ढा’ पछि आमिर खानले गर्दैछन् तीन ठूला फिल्म

आमिर खान अहिले आफ्नो महत्वाकांक्षी फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङमा व्यस्त छन्। उनले चाँडै आफ्नो काम गर्ने शैली परिवर्तन गर्न लागेका छन्। 
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं– आमिर खान अहिले आफ्नो महत्वाकांक्षी फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङमा व्यस्त छन्। उनले चाँडै आफ्नो काम गर्ने शैली परिवर्तन गर्न लागेका छन्। 

National life

वर्षमा एउटामात्रै फिल्ममा देखिने उनको पुरानो शैली हो। उनी एक पटकमा एउटौमात्रै फिल्मको सुटिङ गर्ने गर्थे। तर अब भने यस्तो हुने छैन। किनकी ‘लाल सिंह चड्ढा’ पछि आमिर एक पटकमा केवल एकमात्रै फिल्मको सुटिङ गर्ने छैनन्।

उनीसँग अहिले तीनवटा फिल्म छन्। ती तीन वटै फिल्मको स्क्रिप्ट आमिरले मन पराएका छन्। त्यसैले उनले एक साथ दुई फिल्मको सुटिङ गर्नु पर्नेछ।

बलिउड हंगामाका अनुसार लाल सिंह चड्ढाको सुटिङ चाँडै सकिँदैछ। यस्तोमा उनले पहिलेदेखि नै आगामी फिल्मको प्लान गरिसकेका छन्। उनले एकपटकमा एउटा मात्रै फिल्मको काम गर्नुको कारण कामप्रतिको फोकस नै थियो। उनले अब लालसिंह चड्ढापछि मोगुल फिल्ममा काम गर्ने छन्।

यो टि–सिरिजका फाउन्डर गुलशन कुमारको बायोपिक हो। यो फिल्मलाई आमिर र भुषण कुमार मिलेर निर्माण गर्नेछन्। यो फिल्ममा आमिर गुलशन कुमारको भूमिकामा देखिनेछन्। यो फिल्मको सुटिङ यही वर्षको मध्यबाट सुरु हुने छ।

Laxmi sunrise bank
kumari

मोगुलपछि आमिर स्पेनिस फिल्म कम्युनेसको हिन्दी रिमेकमा देखिनेछन्। यो फिल्मको स्क्रिप्ट पनि आमिरले मन पराएका छन्। यो फिल्ममा उनी जँड्याहा बास्केटबल कोचको भूमिका देखिनेछन्। यो फिल्मको निर्देशन आर एस प्रसन्नाले गर्नेछन् र फिल्मको निर्माण सोनी पिक्चर्सले गर्नेछ।

आमिरले अर्को एक बायोपिक फिल्ममा पनि काम गर्नेछन्। यो फिल्मको नामका बारेमा हालसम्म जानकारी दिइएको छैन। 

आमिरको फिल्म लाल सिंह चड्ढा हलिउड फिल्म फोरेस्ट गन्पको हिन्दी रिमेक हो। जसमा आमिरसँग करिना कपुर र मोना सिंह देखिनेछन्। फिल्मको सुटिङ अक्टोबर २०१९ मा सुरु भएको थियो। तर कोरोना महामारीका कारण यसको सुटिङ रोकिएको थियो। यो फिल्म आगामी क्रिसमसमा रिलिज हुनेछ। 

प्रकाशित: Feb 12, 2021| 10:58 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्