मंगलबार, साउन १९, २०८३

 दुई हजार ७०३ कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

सरकारले केन्द्रीय कारागारका दुई हजार सात सय तीन कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिएको छ।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं- सरकारले केन्द्रीय कारागारका दुई हजार सात सय तीन कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिएको छ।  

सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप दिएको हो।

केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिए। 

‘कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र विरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेका छौँ’, राईले भने। 

विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा देशभरका अरु कारागारको तुलनामा धेरै कैदीबन्दी रहेका छन्। केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीनवटा जेल छन्। 

देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार परिसरभित्र कारागार अस्पतालसमेत सञ्चालनमा छ। उक्त अस्पतालको क्षमता ३० शय्याको छ। 

मुलुककै सबैभन्दा पुरानो र ठूलो कारागारमा ७३ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो। तीमध्ये कोरोना सङ्क्रमणका कारण सातको मृत्यु भएको सूचना अधिकारी राईले बताए। 

प्रकाशित: Feb 11, 2021| 04:59 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्