आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मोरङमा शृ‌ंखलाबद्ध बलात्कारका घटना

 कानेपोखरीमा गत बिहीबार बलात्कारपछि बेहोस भएको अवस्थामा १७ वर्षीया बालिका फेला परिन्। 
 |  बिहीबार, माघ २९, २०७७
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, माघ २९, २०७७

विराटनगर- कानेपोखरीमा गत बिहीबार बलात्कारपछि बेहोस भएको अवस्थामा १७ वर्षीया बालिका फेला परिन्। 

triton college

किशोरीलाई नसालु पदार्थ खुवाएर कानेपोखरी २ का २९ वर्षीय प्रेम चौधरीले रातभर बलात्कार गरि बेहोस अवस्थामा छाडेर फरार भएको अभियोगमा  उनलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो ।

चौधरीले दुई साताअघि चिनजान भएकी तीं किशोरीलाई आफ्नै घरमा बोलाएर रातभर बलात्कार गरेको खुलेको प्रहरी स्रोतको भनाइ छ। 

‘दुई साताअघि चिनजान भएको आधारमा किशोरीलाई विभिन्न बहाना बनाई घरमा बोलाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘मदिरासँग मिसाउँदै नसालु पदार्थ खुवाएर लठ्याएपछि रातभर घरमा राखेर बलात्कार गरेको पाइएको छ।’ 

नसालु पदार्थ खुवाएर बारम्बार बलात्कार गरिएकी युवती चौधरीकै घरनजिक भोलिपल्ट बिहान बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

Metro Mart
vianet

त्यसपछि स्थानीय बासिन्दाले उद्धार गरेर उनलाई उपचारका लागि लगेपछि किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो। किशोरीको अहिले पनि विराटनगरकै कोसी अस्पतालमा उपचार भइरहेको छ। 

कानेपोखरीको घटनाको ४ दिनपछि सोमबार राति जहदा गाँउपालिका १ की १४ वर्षीया बालिका शौच गर्न घरबाट बाहिर निस्किएका बेला बलात्कारको सिकार बनिन्। 

अपहरण गरेर मोटरसाइकलमा राख्दै घरदेखि लगभग डेढ किलोमिटर पर लगेर उनीमाथि बलात्कार गरियो। बलात्कार गरेको अरोपमा जहदा–१ का २२ वर्षीय दिपेशकुमार यादव र २१ वर्षीय अजय बैठा फरार छन्। 

घरमा शौचालय नभएपछि राति उनी शौच गर्न घर नजिक रहेको सडकको नालीमा पुगेकी थिइन्। त्यही बेला मोटरसाइकलमा आएका दुई युवकले जबरजस्ती उठाएर लगेको र डेढ किलोमिटर परको बारीमा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ। घटनास्थल नेपाल–भारत सीमा नजिकै पर्छ। 

प्रहरीले बालिकाको अपहरण र बलात्कारमा प्रयोग गरिएको को २२ प १८१६ नम्बरको मोटरसाइकल उदितचन्द यादवको घरमा फेला पारेको छ। 

भाग्ने क्रममा पेट्रोल सकिएपछि मोटरसाइकल छाडेर भागेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए। 

प्रहरीले कानेपोखरी र जहदाका दुवै घटनामा सुश्म रूपमा अनुसन्धान भइरहेको जनाएको छ। कानेपोखरी घटनाका पीडक पक्राउ परिसकेका छन्। जहदा घटनाका पीडक फरार रहेकाले खोजी भइरहेको प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। 

उनले फरार भएकाहरुलाई चाँडै पक्राउ गरिने बताए। उनीहरुको खोजीका लागि भारतीय प्रहरीलाई पनि आग्रह गरिएको एसपी खड्काले बताए।  

पछिल्लो ४ दिनमा घटनाले मोरङमा बलात्कारको अवस्था कस्तो छ भन्ने चित्रण गरेको माइती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले बताए। 

कानेपोखरी र जहदा घटनाका दुवै बालिका विक्षिप्त अवस्थामा रहेको उनले बताए। जहदाकी बालिकालाई माइती नेपालको संरक्षण गृहमा राखिएको पोखरेलले जानकारी दिए। 

६ महिनामा ७१ बलात्कारका घटना

मोरङ प्रहरीमा ६ महिनाको अवधिमा कुल ७१ वटा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका घटनाहरू दर्ता भएका छन्। 

पुस मसान्तसम्ममा ५५ वटा जबरजस्ती करणी र १६ वटा जबरजस्ती करणी उद्योगका घटनाहरू दर्ता भएको मोरङ प्रहरीले जनाएको छ। 

अर्धवार्षिक तथ्यांक अनुसार साउनमा १०, भदौमा ११, असोजमा ९, कात्तिकमा १०, मसिंरमा ६ र पुसमा ९ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन्। 

जबरजस्ती करणी उद्योगतर्फ भने साउनमा ३, भदौमा २, असोजमा ६, कात्तिकमा २, मंसिरमा १ र पुसमा २ वटा घटनाहरू दर्ता भएको मोेरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले बताए। 

मोरङ प्रहरीको पछिल्लो ३ वर्षको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४–०७५ मा जबरजस्ती करणीका ८० र उद्योगका ४७ वटा घटनाहरू दर्ता भएका थिए। ०७५–०७६ मा पनि करणीका १०७ र उद्योगका ५७ वटा घटनाहरू दर्ता भएका थिए। 

अघिल्लो आर्थिक वर्षमा करणीका ९२ र जबरजस्ती करणी उद्योगका ५२ वटा घटना दर्ता भएको प्रवक्ता थापाले बताए। 

प्रकाशित: Feb 11, 2021| 03:24 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।