मंगलबार, साउन १९, २०८३

त्रिविले फागुनदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयले फागुनदेखि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने भएको छ।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले फागुनदेखि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने भएको छ।

कोभिड–१९ को कारणले भौतिक रुपमा कक्षा सञ्चालन नभई अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्दै आएकोमा फागुनदेखि भौतिक रुपमै विश्वविद्यलायले कक्षा सञ्चालन गर्ने तयारी गरेको त्रिविका रजिष्टार प्रा. डा. पेशल दाहालले जानकारी दिए।

उनले भने, ‘कोभिड-१९ का कारण रोकिएको भौतिक रुपमा उपस्थित हुने कक्षा अब सञ्चालन गर्ने तयारीमा छौँ।’ कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आइरहेको थियो। त्रिविका केही आंगिक क्याम्पसले भने स्थानीय तहको स्वीकृति लिएर यसअघि नै भौतिक कक्षा सञ्चालन गरिसकेका छन्।

त्रिविले स्नातक तहको नयाँ भर्ना हुने विद्यार्थीका लागि प्रवेश परीक्षा सञ्चालन गरिरहेको छ। प्रवेश परीक्षा दिनु नपर्ने विषयमा भने आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसले भर्ना प्रक्रिया सुरु गरेका छन्। 

अहिले विश्वविद्यालयले कोभिड–१९ का कारण रोकिएका परीक्षा र नतिजा प्रकाशनको काम अघि बढाएको छ। त्रिविअन्तर्गत देशभर एक हजार १२४ क्याम्पस छन्।

प्रकाशित: Feb 10, 2021| 11:41 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्