शुक्रबार, फागुन १५, २०८२

 ‘फटाह फणिन्द्रे’मा कर्मा र छुल्ठिमको अभिनय

अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन्। अरुण खड्काको निर्माण निर्देशन रहने फिल्ममा उनी मुख्य भूमिकाको लागि छनौट भएका हुन्।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं- अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन्। अरुण खड्काको निर्माण निर्देशन रहने फिल्ममा उनी मुख्य भूमिकाको लागि छनौट भएका हुन्।

National life

मंगलबार जन्मदिनको अवसर पारेर निर्माता अरुण खड्काले फिल्मको मुख्य भूमिकाको लागि कर्मासँगै अभिनेत्री छुल्ठिम.डि गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेका हुन्। 

केही अगाडि घोषणा भएको यो फिल्मको मुख्य भुमिकाका लागि सुस्मा कार्की चयन भएकी थिइन्। फिल्मको अन्य कलाकार भने छनौटको क्रममा छन्।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर हुन्।  

विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन र ईश्वरलाला सिकेमनको छायाँकन रहनेछ। 

Laxmi sunrise bank

उतक केसीको कथा रहेको फिल्ममा पट्कथा, सम्वाद हिमाल उप्रेती सुशिल पोखरेल र अरुण खड्काको रहेको छ। 

यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्।

तस्विर : आर्यन बिमली 
 

प्रकाशित: Feb 10, 2021| 06:44 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्