शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल-नेपाल समूहले आज विराेध प्रदर्शन गर्दै, पाँच ठाउँबाट जुलुस निकालिने

दाहाल-नेपाल समूहले आज विराेध प्रदर्शन गर्दै, पाँच ठाउँबाट जुलुस निकालिने

नेकपा दाहाल–नेपाल समूहले आज काठमाडौंमा विराेध प्रदर्शन गर्दैछ। 
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं – नेकपा दाहाल–नेपाल समूहले आज काठमाडौंमा विराेध प्रदर्शन गर्दैछ। 

दाहाल–नेपाल समूहको केन्द्रीय संघर्ष समितिका अनुसार पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने छ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदले गर्नेछन्। 

त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन्।

त्यस्तै माइतीघरमा नेता अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदले नेतृत्व गर्ने कार्यक्रम तय गरिएको छ।  

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले गर्ने संघर्ष समितले जनाएको छ। 

जमलबाट निकाल्ने जुलुसमा लीलामणि पोखेल, केन्द्रीय कमिटी सदस्य, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्यले गर्ने बताइएको छ। 

बिहान ११ बजे विभिन्न स्थानबाट निकालिएका जुलुस सुन्धारास्थित मूल जुलुसमा मिसिने छन्। मूल जुलुस मध्यान्ह १२ बजे सुरू हुने समितिले जनाएकाे छ। 

प्रदर्शनमा सहभागी हुन अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले आह्वान गरेका छन्। 

पुस ५ मा संसद् विघटन गरिएपछि नेकपा राजनीतिक रूपमा विभाजित भएको छ।

संसद् विघटनविरुद्ध दाहाल–नेपाल समूहले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ। 

प्रकाशित: Feb 10, 2021| 01:30 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।