शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘माधव नेपाललाई निर्वाचन आयोगले अध्यक्ष भनेर चिन्दैन’

‘माधव नेपाललाई निर्वाचन आयोगले अध्यक्ष भनेर चिन्दैन’

सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले माधवकुमार नेपाललाई निर्वाचन आयोगले नेकपा अध्यक्षका रुपमा नचिन्ने बताएका छन्।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं : सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले माधवकुमार नेपाललाई निर्वाचन आयोगले नेकपा अध्यक्षका रुपमा नचिन्ने बताएका छन्।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

‘निर्वाचन आयोगले अध्यक्षका हिसाबले केपी ओलीलाई चिनेको छ,’ उनले भने, ‘आयोगले यसअघि गरेको निर्णयले पनि त्यो प्रस्ट भइसकेको छ।’

उनले निर्वाचन आयोगले नचिनेको व्यक्तिले दाबी विरोध गर्नु कानुन र विधिसम्मत नहुने प्रस्ट पारे। 

माघ ११ गते निर्वाचन आयोगले नेकपाको यसअघिकै विवरणलाई आधिकारिकता मान्न सकिने निर्णय गरेको थियो। त्यसपछि माघ २० गते दाहाल नेपाल समूहले आधिकारिकताको दाबी गर्दै आयोगमा निवेदन पेस गरेका छन्। 

‘आयोगले यसअघि नै निर्णय गरिसकेको छ। अब  निर्णय उल्टाउने र बदर गर्ने सम्भव छैन,’ उनले भने, ‘आधिकारिकता को हो भन्ने कुरो प्रस्ट  भइसकेको छ।’

प्रधानमन्त्रीका हैसियतले मध्यावधि निर्वाचन घोषणा गरिसकेकाले जुन दलको अध्यक्ष छ त्यो नै आधिकारिकता हो भन्ने बुझ्नपर्ने भन्दै उनले यसमा कोही अलमलमा पर्न नहुने बताए।

‘त्यसै पनि अहिले निर्वाचन मिति घोषणा भइसकेकाले दाबी विरोध गर्न हदम्याद नै सकिएको छ,’ उनले भने, ‘त्यसैले तोकिएको मितिमा नै निर्वाचन हुन्छ निर्वाचन हुनै नसक्ने तर्क गरेर हुँदैन।’ 

तोकिएको मितिमा निर्वाचन गर्नका लागि सुरक्षा परिषद्को बैठकले गरेको निर्णय पनि मन्त्रिपरिषद्को बैठकले पारित गरिसकेको उनले जानकारी दिए।

‘निर्वाचन सम्पन्न गर्न सरकार तयार छ,’ उनले भने,‘ आज प्रधानमन्त्रीले पनि निर्वाचन आयोग गएर अब अलमलमा नपर्न आग्रह गर्नुभएको छ।’

निर्वाचन हुँदैन किन भन्ने भ्रम अन्त्य गर्नका लागि पनि प्रधानमन्त्री आज आयोग गएर प्रस्ट पारेको उनको भनाइ छ।

प्रकाशित: Feb 09, 2021| 12:18 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।