शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रमुख निर्वाचन आयुक्तको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले भने– ठिक छ, अगाडि बढ्नुस्

प्रमुख निर्वाचन आयुक्तको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले भने– ठिक छ, अगाडि बढ्नुस्

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुुई चरणमा मध्यावधि चुुनाव गर्ने घोषणा गरेको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग पुगेर मध्यावधि निर्वाचनको तयारी तीव्र रुपमा अगाडि बढाउन आयोगलाई निर्देशन दिएका छन्। 

आयोगमा प्रधानमन्त्री ओलीलाई प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले निर्वाचनको तयारी, शान्तिसुरक्षा, बजेटलगायत समग्र वस्तुुस्थितिबारे अवगत गराएका थिए।

प्रमुख आयुक्तका कुरा सुनेपछि प्रधानमन्त्री ओलीले आयोगको तयारी सन्तोषजनक रहेको भन्दै सन्तोष व्यक्त गरेका थिए।

निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आवश्यक सबै प्रकारका स्रोतसाधन उपलब्ध हुुने विश्वास दिलाए।

भेटमा नेकपाभित्रको विवाद र त्यसमा आयोगको भूमिकाका बारेमा पनि छलफल भएको बताइएको छ। प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री, अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, पूर्वसभामुख सुुवास नेम्वाङलगायत पनि आयोग गएका थिए।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुुई चरणमा मध्यावधि चुुनाव गर्ने घोषणा गरेको छ।

यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट निवेदन परेका छन्। उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाकै एउटा समूह सडक आन्दोलनमा छन्।

प्रकाशित: Feb 09, 2021| 11:55 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।