शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले भनेको फस्फोराइट उत्खनन्‌काे नतिजा निराशाजनक

प्रधानमन्त्रीले भनेको फस्फोराइट उत्खनन्‌काे नतिजा निराशाजनक

गत मंसिर पहिलो साता स्थलगत अध्ययन गरेको विभागले फस्फोराइटको नमुना लिएर परीक्षणसमेत गरेको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीमा फस्फोराइट रहेको र त्यसको उत्खनन् गरेर रासायनिक मल उत्पादन गरिने बताए।

‘हामी जाजरकोटबाट तामाखानी र बैतडीबाट फस्फोरसको खानीबारे अध्ययन गरिरहेका छौं। त्यसबाट विस्तारै रासायनिक मल आफ्नै देशमा उत्पादन गर्ने र कृषिको उत्पादकत्व बढाउने काम सुरु गरिरहेका छौं,’ नेकपाले आयोजना गरेको सभामा ओलीले नारायणहिटी संग्रहालय अगाडिबाट भनेका थिए।

प्रधानमन्त्री ओलीले भनेजस्तो कृषिको उत्पादकत्व बढाउने गरी मल कारखाना स्थापना गर्नुभन्दा पहिलेको प्रक्रिया हो– फस्फोरसको व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने पत्ता लगाउन। सोही अनुसार खानी तथा भूगर्भ विभागले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ मा रहेको फस्फोराइट खानीको पहिलो चरणमा स्थलगत अध्ययन गरेको छ।

गत मंसिर पहिलो साता स्थलगत अध्ययन गरेको विभागले फस्फोराइटको नमुना लिएर परीक्षणसमेत गरेको छ । स्थलगत अध्ययन गर्दाको जस्तो नतिजा ल्याब परीक्षणबाट नदेखिएको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ।

विभागका उपमहानिर्देशक जयराज घिमिरेले स्थलगत अध्ययनमा फस्फोरसको राम्रो सम्भावना देखिए पनि ल्याब परीक्षणको नतिजा त्यति उत्साहजनक नआएको जानकारी दिए। ‘प्रारम्भिक अध्ययनमा राम्रो सम्भावना देखिएको थियो। तर, ड्रिलिङ स्याम्पलको नमुनाले उत्साहजनक रिजल्ट दिएन,’ उनले भने।

विभागले मंसिरमा बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको फस्फोराइट खानी उत्खनन् गरेर नमुना ल्याएर विभागकै प्रयोगशालामा परीक्षण गरेको थियो। स्थलगत अध्ययनको जस्तो उत्साह परीक्षण नतिजाले नदिएपछि आगामी दिनमा के गर्ने भन्ने विषयमा थप छलफलको आवश्यकता देखिएको घिमिरेको भनाइ छ।

‘अझ ड्रिलिङ (उत्खनन्) गर्ने कि, थप परीक्षण गर्ने कि भनेर छलफलको आवश्यकता देखिएको छ,’ घिमिरेले भने, ‘एकपल्ट छलफल गरेर मात्रै बाँकी प्रक्रियामा जान्छ।’

प्रकाशित: Feb 09, 2021| 11:07 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।