काठमाडौं– नेपालमा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १६० जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ।
पछिल्लो २४ घटामा कोरोनाबाट थप २ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा १६५ जना संक्रमणमुक्त भएका छन्। मंगलबार १ हजार ७३७ जना सक्रिय संक्रमित छन्।