शुक्रबार, भदौ १९, २०८३

कालिमाटी तरकारी बजारमा कृषिमन्त्रीको छड्के

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन्।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं–  कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन्।

आज (मंगलबार) कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै उनले त्यहाँको बजारको वस्तुस्थितिको बारेमा जानकारी लिएकी हुन्।

अनौपचारिक पोशाकमा तरकारी बजार पुगेकी मन्त्री अर्यालले तरकारी बजारको स्टल र सरसफाइ कार्यलाई व्यवस्थित गर्न कार्यतालिका र कार्यान्वयनको अवस्था लिएर फागुन १ गते मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिएकी छन्।

केही कर्मचारीसहित कालिमाटी बजार अनुगमन गर्न पुगेकी मन्त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टललगायतका बारेमा जानकारी लिएकी थिइन्। फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्री अर्यालले मन्त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निष्कर्षमा जाने समेत बताइन्।

मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउँदै उनले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताइन्। बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने बताइन्।

बजारमा अनुगमनका क्रममा कालिमाटीमा व्यवस्थित ल्याब रहेको पाइएको भन्दै उनले छिट्टै परीक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको स्वास्थ्यमा समेत हुन फास्ट ट्रयाकबाटै काम भएको पाइएको बताइन्। यस्तै बजार व्यवस्थापन गर्न केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुमा माछा बजार खोल्न पहल सुरु गर्ने बताइन्।
 

प्रकाशित: Feb 09, 2021| 09:28 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।