शुक्रबार, भदौ १९, २०८३

यो वर्षको एसईई पनि केन्द्रबाटै सञ्चालन हुने 

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) यो वर्ष पनि केन्द्रबाटै सञ्चालन हुने भएको छ। 
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) यो वर्ष पनि केन्द्र (संघ)बाटै सञ्चालन हुने भएको छ। 

प्रदेश शिक्षा निर्देशनालयसँग समन्वय गरेर एसईईको परीक्षा केन्द्रले सञ्चालन गर्ने सोमबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो। 

मन्त्रिपरिषदको निर्णयअनुसार आगामी जेठमा तोकिएको एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गर्ने छ।

संविधानले विद्यालयस्तरको शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिएको छ। परीक्षा सञ्चालनको जिम्मेवारी चाहिँ प्रदेशलाई दिइएको छ। 

विद्यालय क्षेत्रसम्बन्धी नयाँ संरचनाअनुसार कक्षा ८ को परीक्षा पालिकास्तरबाट, कक्षा १० को प्रदेशस्तरमा र कक्षा १२ को राष्ट्रियस्तरमा परीक्षा सञ्चालन गर्ने व्यवस्था छ।

प्रकाशित: Feb 09, 2021| 09:23 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।