काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच मंगलबार राष्ट्रपति निवासमा छलफल भएको छ।
केही बेरअघि शीतल निवास प्रवेश गरेका प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच मुलुकको समसामयिक विषयमा छलफल भएको बताइएको छ।
निर्वाचन आयोगका पदाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए।
प्रधानमन्त्री निकट स्रोतले राष्ट्रपतिसँगको भेटलाई नियमित भनेको छ।