शुक्रबार, भदौ १९, २०८३

गोली प्रहार गरेर छोरीको हत्या गर्ने पक्राउ

बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

धनगढी - बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

हत्या गरेर फरार पुर्चौडी नगरपालिका-१० का धनसिंह महरालाई प्रहरीले चौथौ दिनमा पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार महराले माघ २४ गते साँझ भरुवा बन्दुकले गोली प्रहार गरेर २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेका थिए।

महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएको उनकाे भनाइ छ। 

गोली प्रहार गरेर हत्या गरेका महरा गोली लोड गरेको बन्दुकसहित फरार भएका थिए। 

दुई श्रीमती रहेका महराको कान्छी श्रीमतीसँग विवाद भइरहेको समयमा आफ्नी आमाको पक्ष लिएपछि बेलमतीमाथि महारले गोली प्रहार गरेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित: Feb 09, 2021| 07:52 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।