काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन तयारीबारे छलफल गरेका छन्।
मन्त्रिपरिषद्ले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा मध्यावधि निर्वाचन गर्ने निर्णय मंगलबार गरेको छ।
सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोगमा पुगेका थिए। आयोगका पदाधिकारीसँग घोषित निर्वाचनका सम्बन्धमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको समयमा निर्वाचन गराउने गरी काम भइरहेको बताएका थिए। आयाेग पदाधिकारीसँग नेकपा विवादबारे भने छलफल नभएको थापाले जानकारी दिए।
निर्वाचनका सम्बन्धमा भइरहेको कार्यप्रति प्रधानमन्त्रीले आयोगका पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए।