काठमाडौं - दाहाल-नेपाल समूहले भोलि जनप्रदर्शन गर्दैछ।
सोही विषयमा छलफलका लागि सो समूहको बैठक अहिले केहीबेरमा पेरिसडाँडामा बस्ने भएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार बैठकमा प्रदर्शनको तयारीलगायतका विषयमा छलफल हुनेछ।
प्रदर्शनीमार्गमा हुने प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको छ।