शुक्रबार, भदौ १९, २०८३

कर्णालीमा ९२ करोडमा ९७ आयोजना निर्माण गरिँदै

पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

सुर्खेत – पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ।

निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण गरेको छ।

सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेबल पुल र दुई झोलुङ्गे पुल निर्माण गर्न थालिएको पूर्वाधार निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिए। 

‘आगामी असार मसान्तसम्म हामीले सुर्खेत जिल्लामा ३२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएका छौंँ’, निर्देशक पौडेलले भने, ‘७० किलोमिटर सडकमा नाली बनाउने, ग्राभेलिङ गर्ने र बाटोको स्तरवृद्धि हुने छ।’ 

अहिले जाडो समयमा कालोपत्रे गर्न नमिल्ने भएकाले आगामी फागुनदेखि धमाधम काम हुने बताइएको छ। 

निर्देशक पौडेलका अनुसार चालु आव २०७७/०७८ भित्रै ५० किलोमिटर नयाँ साधारण मार्ग खोलिने र जनता आवास कार्यक्रमअन्तर्गत ५०० घर निर्माण हुनेछन्।

निर्देशनालयले निर्देशित कार्यतालिकानुसार काम अघि बढेको जनाउँदै लक्ष्यबमोजिम आयोजना सम्पन्न हुने जिकिर गरेको छ। 

प्रकाशित: Feb 09, 2021| 06:56 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।