मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मूल्यवृद्धि : तराईमा २.८७, पहाडमा ४.७२ र हिमालमा ३.३८ प्रतिशत 

मूल्यवृद्धि : तराईमा २.८७, पहाडमा ४.७२ र हिमालमा ३.३८ प्रतिशत 

पुस मसान्तसम्म काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, तराईमा २.८७ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मूल्यवृद्धि छ। 
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– चालू आर्थिक वर्षको पुस मसान्तसम्म मूल्यवृद्धि ३.५६ प्रतिशत छ। 

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धि ६.८२ प्रतिशत थियो। 

पुस मसान्तसम्म काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, तराईमा २.८७ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मूल्यवृद्धि छ। 

२०७६ पुसमा यी क्षेत्रमा क्रमशः ७.२४ प्रतिशत, ७.४६ प्रतिशत, ५.३९ प्रतिशत र ५.०१ प्रतिशत मूल्यवृद्धि थियो।

यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९९ प्रतिशत छ।

२०७६ पुसको तुलनामा २०७७ पुसमा घ्यू तथा तेल, फलफूल, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्यवृद्धि क्रमशः १७.०१ प्रतिशत, १६.५८ प्रतिशत, ११.४८ प्रतिशत र १०.६८ प्रतिशत छ। 

२०७७ पुसमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६.१८ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार पुससम्म उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ६.२८ प्रतिशत, ६.६५ प्रतिशत र ३.२० प्रतिशत छ।
 

प्रकाशित: Feb 08, 2021| 13:10 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्