मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • श्रम स्वीकृति लिनेको संख्या ७७ प्रतिशतले घट्यो, रेमिट्यान्स ११ प्रतिशतले वृद्धि 

श्रम स्वीकृति लिनेको संख्या ७७ प्रतिशतले घट्यो, रेमिट्यान्स ११ प्रतिशतले वृद्धि 

चालू आर्थिक वर्षको पुस मसान्तसम्म रेमिट्यान्स आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको छ। 
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– चालू आर्थिक वर्षको पुस मसान्तसम्म रेमिट्यान्स आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको ६ महिनामा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको हो। 

गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले बढेको थियो। 

पुस मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ७७.६ प्रतिशतले घटेको छ। 

गत आवको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या १७.७ प्रतिशतले बढेको थियो। 

त्यस्तै, चालस आवको ६ महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ६८.९ प्रतिशतले घटेको छ। 

गत वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो।
 

प्रकाशित: Feb 08, 2021| 12:13 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्