बिहीबार, फागुन २८, २०८२

उत्तराखण्डको हिमपहिरोमा मृत्यु हुनेको संख्या १८ पुग्यो

भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुई सयभन्दा बढी अझै बेपत्ता रहेको उद्धारकर्मीहरुले बताएका छन्। 
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

ऋषिकेश– भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुई सयभन्दा बढी अझै बेपत्ता रहेको उद्धारकर्मीहरुले बताएका छन्। 

National life

आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडक र दुई वटा विद्युत गृहमा व्यापक क्षति पुगेको छ। स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए।

सोमबारसम्म १८ जनाको शव निकालिएको उत्तराखण्ड सरकारले जनाएको छ। मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताएका छन्।

बेपत्ता भएका सबैजसो विद्युत गृहमा कार्यरत मजदुर थिए। विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ। 

आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो। २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताए।
धेरै जना उद्धारकर्मीहरु सोमबार बिहानैदेखि खटिएका छन्। राष्ट्रिय र राज्य उद्धार टोलीहरु, सेना र प्रहरीका टोलीहरु घटनास्थलमा खटिएका छन्।

Laxmi sunrise bank
kumari

विद्युत गृहको सुरुङभित्र कार्यरत एक जना २८ वर्षीय मजदुर राजेश कुमारले बाढी आउँदा आफूहरु सुरुङको ३०० मिटर भित्र रहेको बताउँदै एकाएक बाहिर निस्कन सबैलाई चेतावनी दिइएको स्मरण गरे। “हामी सबै दौडियौं तर पानी जोडले भित्र पस्न थाल्यो। यो कुनै हलिउडको चलचित्रको जस्तै दृश्य थियो। हामीलाई बाहिर निस्कन सकौंला भन्ने लागेकै थिएन,” उनले भने।

भारतीय अधिकारीहरुले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन्। तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र बिस्तारै सुक्दै गएका छन् भने जलविद्युत निर्माणले पनि हिमपहिराहरु बढी नै जान थालेको विज्ञहरुले औंल्याएका छन्।
सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो। उक्त घटनापछि उत्तराखण्डका विकास परियोजनाको समीक्षा गरिएको थियो। 
–रासस
 

प्रकाशित: Feb 08, 2021| 10:24 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।