मंगलबार, असोज २०, २०८३

नेप्से ३७ अंकले बढेर २५६१ विन्दुमा पुग्यो

सोमबार सेयर बजार परिसूचक (नेप्से) ३७.४८ अंकले बढेको छ।
 |  सोमबार, माघ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०७७

काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) ३७.४८ अंकले बढेको छ। 

२५५३.७९ विन्दुबाट सुरु भएको बजार उतारचढाव हुँदै २५६१.४८ विन्दुमा पुगेर रोकिएको हो।  

आज २०५ कम्पनीको १ करोड ९३ लाख ३२ हजार सेयर खरिदबिक्री हुँदा १० अर्ब १७ करोड ६५ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.२८ अंकले बढेर ४६६.६० विन्दुमा पुगेको छ। 

सोमबार बैंकिङ समूहको सूचक ६२.७२, विकास बैंक ८६.४२, फाइनान्स २२.६८, होटल २८.८६, जीवन बिमा २११.३७, सामूहिक लगानी ०.१२ र अन्य समूहको सूचक ९.६९ अंकले बढेको छ। 

त्यस्तै जलविद्युत् समूहको सूचक १९.७३, उत्पादन ७४.८९, माइक्रोफाइनान्स ३१.४२, निर्जिवन बिमा १३१.४० र व्यापार समूहको सूचक ३.९६ अंकले घटेको छ। 

आज ग्रामीण विकास बैंक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ता सबैभन्दा बढी गुमाएका छन्। 
 
 

प्रकाशित: Feb 08, 2021| 09:34 सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्