बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणको समस्यालाई देखाएर पत्रकारको सेवासुविधा कटौती गर्ने र सेवाबाट निष्कासन गर्ने कार्यलाई तत्काल रोक्न सम्बन्धित मिडियालाई आग्रह गरेको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणको समस्यालाई देखाएर पत्रकारको सेवासुविधा कटौती गर्ने र सेवाबाट निष्कासन गर्ने कार्यलाई तत्काल रोक्न सम्बन्धित मिडियालाई आग्रह गरेको छ।  

काउन्सिलअन्तर्गत श्रमजीवी पत्रकार हित तथा कानून उपसमितिको आज (सोमबार) बसेको बैठकले नेपाल रिपब्लिका मिडिया प्रालिद्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत ३६ भन्दा बढी श्रमजीवी पत्रकारको सेवासुविधा उपलब्ध नगराएको, सेवाबाट निष्कासन गर्न खोजेको जस्ता कार्यप्रति सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्कासन गर्ने जस्ता कार्य नियम, कानूनविपरीत भएको काउन्सिलको भनाइ छ। 

नागरिक दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरूले व्यवस्थापनप्रति असहमति जनाउँदै गरेको आन्दोलनपछि पत्रकार र नागरिक व्यवस्थापनबीचको समझदारीको कार्यान्वयनका बारेमा समेत काउन्सिलले अनुगमन गर्ने निर्णय गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए। बैठकले देशभरका सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारको अवस्थाबारे अध्ययन गर्ने निर्णय समेत गरेको छ। रासस

प्रकाशित: Aug 02, 2021| 20:53 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।