आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • सेनाको ‘कू’विरुद्ध म्यानमारमा आन्दोलन चर्कँदै, शिक्षक–विद्यार्थी पनि विरोधमा

सेनाको ‘कू’विरुद्ध म्यानमारमा आन्दोलन चर्कँदै, शिक्षक–विद्यार्थी पनि विरोधमा

म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सू ची सहितका नेताहरुलाई गिरफ्तार गरेर सत्ता कब्जा गरेको घटनालाई लिएर आन्दोलन उग्र बन्दै गएको छ।  
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

काठमाडौं- म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सू ची सहितका नेताहरुलाई गिरफ्तार गरेर सत्ता कब्जा गरेको घटनालाई लिएर आन्दोलन उग्र बन्दै गएको छ।  

National life

सेनाको ‘कू’विरुद्ध आम नागरिक आन्दोलनमा होमिन थालेका छन्। सेनाले सत्ता कब्जा गरेको घटनाका विरुद्ध आम नागरिकसँगै शिक्षक, विद्यार्थी पनि सडकमा उत्रिएका छन्।  

म्यानमारको सबैभन्दा ठूलो सहर यांगूनको एक विश्वविद्यालयमा प्रदर्शन गर्दै शिक्षक, विद्यार्थीले जेलमा बन्द गरिएकी नेता आङ सान सू चीसहितका नेतालाई रिहाइको माग गर्दै उनीहरुको समर्थनमा नारा लगाएका छन्। प्रदर्शनकारीले आफ्नो कपडा र प्लेकार्डमा रातो रंगको रिबन लगाएका थिए, जुन सू चीको पार्टीको चिन्हको रंग हो।  

सोमबार सेनाले गरेको सत्ता कब्जापछि सू चीसहितका नेता सेनाको हिरासतमा छन्।  यसअघि सेनाले नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका अन्य नेतालाई पक्राउ गरिसकेको थियो।  

सोमवारदेखि नेतृ सू ची सार्वजनिक रुपमा देखिएकी छैनन्। एनएलडीका एक अधिकारीका अनुसार उनलाई सेनाले घरमै नजरबन्दमा राखेको छ।  

बर्माका नामले पनि चिनिने म्यानमार सेनाले सत्ता कब्जा गरेपछि निकै शान्त अवस्थामा भए पनि शुक्रबार यहाँ शिक्षक विद्यार्थीले ‘कू’का विरुद्धमा प्रदर्शन र प्रतिकात्मक विरोध गरेका छन्। विस्तारै सेनाको कदमविरुद्ध जनमत बढ्दै गएको छ।  

प्रकाशित: Feb 06, 2021| 02:07 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।