बिहीबार, फागुन २८, २०८२

किर्गिस्तानमा नयाँ प्रधानमन्त्री निर्वाचित

किर्गिस्तानले बुधबार नयाँ प्रधानमन्त्री पाएको छ। किगिस्तानको संसद्ले उलुक्बेक मरिपोभको उम्मेदवारीलाई बुधबार पारित गरेकाले उनी प्रधानमन्त्रीमा निर्वाचित हुन्।  
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं- किर्गिस्तानले बुधबार नयाँ प्रधानमन्त्री पाएको छ। 

National life

किगिस्तानको संसद्ले उलुक्बेक मरिपोभको उम्मेदवारीलाई बुधबार पारित गरेकाले उनी प्रधानमन्त्रीमा निर्वाचित हुन्।  

संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिए।     संसद् बैठकमा बोल्दै नवनिर्वाचित प्रधानमन्त्री ४१ वर्षीय मरिपोभले नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गरे। 

संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को सङ्ख्या घटाइएको छ भने उपप्रधानमन्त्रीको सङ्ख्या एक मात्रै गरिएको छ। त्यसैगरी मन्त्रीहरूको सङ्ख्या पनि १६ मा झारिएको छ। यसअघि मन्त्रीहरूको सङ्ख्या २२ थियो।

केही मन्त्रालयहरू गाभेर वा आधा आधा बाँडेर नयाँ मन्त्रालय बनाएको छ भने केही मन्त्रालयमा सामान्य परिवर्तन गरिएको छ।

Laxmi sunrise bank
kumari

नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टीङ चेम्बरको अध्यक्षको रूपमा कार्यरत थिए। एकाउन्टीङ चेम्बर किर्गिस्तानको लेखापरीक्षणसम्बन्धी राज्यको निकाय हो। 

त्योभन्दा अगाडि उनी राष्ट्रपति कार्यालयको उपप्रमुख थिए। यही जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडीर झापारोभले राजीनामा दिएपछि किर्गिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्नुपरेको हो। झापारोभ यही जनवरी १० मा मुलुकको राष्ट्रपतिमा निर्वाचित भएकाले उनले राजीनामा दिएका हुन्। –रासस 

प्रकाशित: Feb 04, 2021| 01:14 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।