आइतबार, वैशाख २७, २०८३

स्पेनमा विदेशबाट आउनेको संख्या ७७ प्रतिशतले घट्यो

विदेशबाट आउनेहरुको संख्या स्पेनमा अघिल्लो वर्षको तुलनामा गत वर्ष अन्त्यन्त धेरै कम भएको छ। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं- विदेशबाट आउनेहरुको संख्या स्पेनमा अघिल्लो वर्षको तुलनामा गत वर्ष अन्त्यन्त धेरै कम भएको छ। 

National life

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सन् २०२० मा विदेशबाट आउनेहरुको संख्यामा ७७.३ प्रतिशत कम भएको हो। 

कोरोनाभाइरसको महामारी र त्यससँगै लागू गरिएको प्रतिबन्धात्मक व्यवस्थाका कारण आगन्तुकको संख्यामा भारी कटौती भएको उनीहरुले बुधबार स्पष्ट पारेका छन्।

स्पेनको केन्द्रीय तथ्यांक विभागले सन् २०२० मा एक करोड ९० लाख विदेशी पर्यटक स्पेन आएको तथ्यांक सार्वजनिक गरेको छ। जबकी अघिल्लो वर्ष सन् २०१९ मा आठ करोड ३५ लाख विदेशी पर्यटकले स्पेनको भ्रमण गरेका थिए।

सो संख्या विश्वकै दोस्रो धेरै पर्यटकहरुको संख्या हो। त्योभन्दा बढी विदेशी पर्यटक त्यस वर्ष फ्रान्स घुम्न गएका थिए। रासस

प्रकाशित: Feb 03, 2021| 14:43 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।