आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गरिब परिवारले थाहै पाउँदैनन् महानगरका सुविधा, अवसरबाट वञ्चित

Siddartha premir insuranceSiddartha premir insurance

गरिब परिवारले थाहै पाउँदैनन् महानगरका सुविधा, अवसरबाट वञ्चित

दलित परिवारकी चन्द्रदेवी रामका छोरीहरुले मासिक ४ सय भत्ता पनि पाउन सकेका छैनन्। दलित भत्ता पनि उनीहरुले उपभोग गर्न पाएका छैनन्। चन्द्रदेवीले भनिन्, ‘सुविधाबारे थाहा छैन, कसैले जानकारी पनि दिएनन्।’
 |  बुधबार, माघ २१, २०७७
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, माघ २१, २०७७

विराटनगर- विराटनगर–५ को कलरुवा टोलकी चन्द्रादेवी राम २३ वर्षकी भइन्। उनका दुई छोरी छन्। जेठी छोरी ३ वर्ष र कान्छी १ वर्षकी छन्।

triton college

विवाह गरेको ४ वर्ष वितिसकेको छ। उनको विवाह दर्ता भएको छैन। श्रीमान्ले नागरिकता पनि बनाइदिएका छैनन्। दुवै छोरीको जन्मदर्ता पनि भएको छैन। जेठी छोरी विद्यालय जाने उमेर हुन लाग्यो। नागरिकता र विवाह दर्ता नभएका कारण उनले विराटनगर महानगरपालिकाले प्रदान गर्दै आएको सुविधाबाट पनि बञ्चित भएकी छन्। जन्मदर्ता नहुँदा छोरीलाई स्कुल पठाउन पनि उनलाई समस्या भएको छ।

एकातिर कानुनी कागजात नहुँदा नगरवासी भएर पनि उनले सुविधा लिन पाएकी छैनन् भने अर्कोतिर महानगरबाट के के सुविधा लिन सकिन्छ भन्नेसमेत उनलाइ जानकारी छैन।

विराटनगर–५ को कलरुवा टोलमा अधिकांश सामान्य परिवारका मानिसहरुको बसोबास छ। दैनिक बनिबुतो गरेर परिवार चलाउँदै आएका छन्। सामान्य जानकारी पनि नहुँदा उनीहरु महानगरपालिकाको सुविधाबाट बञ्चित हुँदै आएका हुन्। महानगरपालिकाले नगरवासीका लागि सञ्चालन गर्ने सीपमूलक कार्यक्रमका बारेमा पनि उनीहरुले अनविज्ञता प्रकट गरे।

महानगरपालिकाले ‘छोरी बचाउ, छोरी पढाउ’ उपप्रमुख प्रोत्साहन कार्यक्रम अन्र्तगत पहिलो र दोस्रो सन्तान पनि छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउँदै आएको छ। आमा संरक्षक रहने गरी महानगरपालिकाले २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता र दोस्रो सन्तान पनि छोरी जन्माउने परिवारलाई २५ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेको छ। 

Metro Mart
vianet

तर, चन्द्रादेवी रामलाई यो जानकारी नहुँदा सुविधा पाउनबाट पनि बञ्चित छन्। दलित परिवारकी चन्द्रदेवी रामका छोरीहरुले मासिक ४ सय भत्ता पनि पाउन सकेका छैनन्। दलित भत्ता पनि उनीहरुले उपभोग गर्न पाएका छैनन्। चन्द्रदेवीले भनिन्, ‘सुविधाबारे थाहा छैन, कसैले जानकारी पनि दिएनन्।’

गर्भमा छोरी रहेको थाहा पाएपछि भु्रण हत्या गर्ने क्रम बढेपछि त्यसलाई रोक्न महानगरपालिकाले अभियान चलाएको हो। महानगरपालिकाले छोरीलाई हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउन छोरी बचाऊ, छोरी पढाऊ अभियान सञ्चालनमा ल्याइएको हो।

कलरुवा टोलका चन्द्रादेवी मात्रै हैन। पहिलो सन्तान छोरी जन्माउने आमाहरुको संख्या धेरै छ। कलरुवा टोलकी मिलुन राजवंशी २५ वर्षकी भइन्। उनको पहिलो सन्तान छोरी र दोस्रो सन्तान छोरा छन्। उनको पनि नागरिकता, विवाह दर्ता भएको छैन। नागरिकता र विवाह दर्ता नहुँदा छोराछोरीको जन्मदर्ता हुने सकेको छैन।

कविता चन्द्रवंशी १८ वर्षकी भइन्। उनकी अहिले ४ महिनाकी छोरी छन्। कविताको पनि चन्द्रादेवी र मिलुनकै जस्तो समस्या छ। परिवारले सानै उमेरमा विवाह गरिदिने र विवाहपछि घरमै सिमित रहने कारणले नगरका सेवा सुविधाबारे जानकारी नहुने गरेको स्थानीय आशा यादवले बताइन्। 

स्थानीय तहले प्रदान गर्ने सुविधाका बारेमा ग्रामिण क्षेत्रसम्म जानकारी गराउनुपर्ने जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बताए। उनले कार्यक्रम होटेलहरुमा गर्ने भन्दा पनि ग्रामिणभेगमा गर्न सके प्रभावकारी हुने बताए। 

विराटनगर महानगरपालिका सामाजिक विकास महाशाखाका वरिष्ठ अधिकृत सरोज गौतमले महानगरले प्रदान गर्ने सुविधाका लागि आवश्यक कागजात लिएर आए प्राप्त गर्न सक्ने बताए। सुविधा लिनबाट बञ्चितहरु महानगरपालिकामा आए आवश्यक सहजीकरण गरिदिने समेत उनले बताए। 

नारी विकास संघ, विराटनगरकी अध्यक्ष सीता शर्माले ग्रामिण भेग र पछाडि पारिएका महिलाको सशक्तिकरण आवश्यक रहेको बताइन्। उनले आफूहरुले ग्रामिण भेगका किशोरी र महिलाको क्षेत्रमा काम गर्ने गरेको समेत बताइन्।

प्रकाशित: Feb 03, 2021| 11:45 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।