बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा निषेध आदेश कडा पारिँदै, जनचेतनामूलक कार्यक्रम र अनुगमन बढाइने

उपत्यकामा निषेध आदेश कडा पारिँदै, जनचेतनामूलक कार्यक्रम र अनुगमन बढाइने

कोरोना संक्रमण फेरि बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेध आदेशलाई थप कडा पारिने भएको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- कोरोना संक्रमण फेरि बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेध आदेशलाई थप कडा पारिने भएको छ।

पछिल्लो पटक साउन २० गतेसम्मका लागि जारी गरिएको निषेध आदेशलाईसमेत थप कडा पार्ने गरी तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय सक्रिय भएका छन्।

खुकुलो पारेर थप गरिएको निषेध आदेशमा लापरबाही बढेको तथा स्वास्थ्यका मापदण्डहरु कार्यान्वयन नगरेको पाइएपछि प्रशासन कार्यालयहरु थप कडाई गर्ने तयारीमा जुटेका हुन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले यसअघि पनि अनुगमन भइरहे पनि अब यसलाई झनै प्रभावकारी बनाउनुपर्ने देखिएको बताए।

उनले नेपालसमयसँग भने, ‘अहिले पनि निषेध आदेश कडा नै छ भन्ने हो तर, जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्ने, स्वास्थ्यका मापदण्ड पालना नगर्ने, भिडभाड गर्ने तथा मास्क नलगाउनेलाई खै मास्क? भनेर सोधनुपर्ने तथा थप अनुगमन गर्नुपर्ने देखिएको छ, भोलिदेखि नै अनुगमन बढाउछौँ।’

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु मंगलबार (भोलि) वा बुधबार बैठक बसेर निषेध आदेश थप गर्ने र के के क्षेत्र खुकुलो बनाउने तथा के के क्षेत्रमा थप कडाइ गर्नेबारे निर्णय गर्ने निरौलाले बताए।

प्रमुख जिल्ला अधिकारीहरु सीसीएमसीसँग छलफल गरेर निषेध आदेशलाई थप लम्ब्याउने र अहिले खुलेका केही जोखिम क्षेत्रहरु बन्द गर्न स्वीकृति लिने तयारीमा छन्। पछिल्लो पटक गत साउन ११ गते १० दिनका लाथि थप गरिएको निषेध आदेशको अवधि साउन २० गते राति १२ बजे सकिँदैछ।

प्रकाशित: Aug 02, 2021| 20:12 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।