मंगलबार, साउन १९, २०८३

सुर्तीजन्य पदार्थमा कर बढाऔं : गगन थापा  

पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर बढाउनुपर्ने बताएका छन्। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं– पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर बढाउनुपर्ने बताएका छन्। 

विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा नेपाल अर्वुद रोग निवारण संस्थाद्वारा आयोजित कार्यक्रममा थापाले सुर्तीजन्य पदार्थको कर बढाउँदा क्यान्सर निवारणमा महत्वपूर्ण योगदान बढ्ने तर्क गरे।

उनले क्यान्सर रोगको मुख्य कारण धुम्रपान तथा सूर्तीजन्य पदार्थ भएको भन्दै यसको प्रयोग निरुत्साहित गर्न विभिन्न कदम चाल्न आवश्यक रहेको बताए। सुर्तीजन्य पदार्थको लत सुरु हुने मुहानको पहिचान गरी त्यसलाई थुन्न आवश्यक रहेकोमा उनको जोड थियो।

कार्यक्रममा अर्बुद रोग निवारण संस्थाका अध्यक्ष इश्वर श्रेष्ठले किशोर तथा युवा अवस्थाबाट यसको लत सुरु हुने देखिएको भन्दै स्कुल तहमा नै यस विषयमा सचेतना बढाउनुपर्ने बताए।
 

प्रकाशित: Feb 03, 2021| 10:08 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्