बिहीबार, फागुन २८, २०८२

जापानमा सातामा तीन दिन बिदा प्रस्ताव

कोरोना भाइरसको महामारीपछि उत्पन्न परिस्थितिका कारण जापानमा काम गर्ने संस्कृति परिवर्तन गर्नुपर्ने माग उठेको छ। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

कोरोना भाइरसको महामारीपछि उत्पन्न परिस्थितिका कारण जापानमा काम गर्ने संस्कृति परिवर्तन गर्नुपर्ने माग उठेको छ। 

National life

निजी तथा सरकारी कार्यालयको कार्य समय सातामा चार दिन हुनुपर्ने विषयमा त्यहाँको संसद्मा बहस सुरु गरिएको हो। 

सातामा तीन दिन बिदा दिएमा कर्मचारीमा कामको बोझ कम हुने र कारोसी अर्थात् अत्यधिक कामका कारण हुने मृत्युको जोखिम घट्ने विश्वास लिइएको छ।

जापानमा कार्मचारीहरु कार्यालयमा लामो समयसम्म काम गर्न रुचाउँछन्। अधिकांशले आफूले पाउने बिदा पनि नलिई मेहनतपूर्वक काम गर्छन्। 

कतिपयचाहिँ सहकर्मी साथीलाई अप्ठ्यारो पर्छ भनेर बिदा लिँदैनन्। तर कोरोना महामारीका कारण काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्ने आवाज उठेको छ।

Laxmi sunrise bank
kumari

जापानी संसद्मा सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीका सांसद कुनिको इनोगुचीले अब कर्मचारीलाई सातामा चार दिन काम गर्न अनुमति दिनुपर्ने प्रस्ताव गरेका हुन्।

कार्यालयको काम गर्ने संस्कृति परिवर्तनका विषयमा जापानका धेरै कम्पनीहरू लचक भइसकेका छन्। त्यसैले पनि सातामा तीन दिन बिदाको प्रस्तावमा कर्मचारी र कम्पनीहरुले समर्थन प्राप्त हुने विश्वास लिइएको छ। 

ओसाकाको हनान विश्वविद्यालयका प्राध्यापक तेरुओ साकुरादाले भने, ‘अब कम्पनीले सम्भावनाको कुरा गरेर मात्र हुँदैन। यसलाई अनिवार्य बनाउनुपर्छ।’ 

अहिले जापानमा सोमबारदेखि शुक्रबारसम्म काम गरिन्छ।

प्राध्यापक साकुरादाका अनुसार अहिले जापानको अर्थतन्त्र कमजोर बन्दै छ। महामारीले अवस्था झन् जटिल बन्ने निश्चित छ।

त्यसैले काम गर्ने संस्कारमा परिवर्तन गर्दै अर्थतन्त्रलाई सबल बनाउनुपर्ने उनको भनाइ छ। साकुरादाले यसबाट कम्पनीलाई भाविष्यमा आफ्ना आवश्यकता पूरा गर्न पनि सहज हुने बताए।

पछिल्ला वर्षमा जापानी अर्थतन्त्र म्यानुफ्याक्चरिङ (निर्माण) बाट सेवा प्रदायक र आर्थिक सेवातर्फ केन्द्रित छ। साकुराले मानिसमा कामको बोझ घटाउन पनि काम गर्ने संस्कृतिमा परिवर्तन जरुरी रहेको बताए। 

सन् २०१६ मा गरिएको एक अध्ययनअनुसार हरेक पाँच व्यक्तिमा एक जना कारोसीतर्फ जाने जोखिम ज्यादा हुन्छ। 

जापानका एक चौथाइ कम्पनीले कर्मचारीलाई मासिक ८० घण्टासम्म ओभरटाइम (अतिरिक्त समय) काममा लगाउँछन्। तर अधिकांशले भुक्तानी पाउँदैनन्। 

यही कारण जापानमा हरेक वर्ष सयौं व्यक्ति मानसिक पीडा व्यहोर्न बाध्य छन्। यसबाट उत्पन्न हुने रोगका कारण कतिपयको त ज्यान जाने गरेको छ। कामको बोझ सहन नसकेर केहीले त आत्महत्या पनि गर्न बाध्य हुन्छन्।

अप्रिल २०१९ मा लागू गरिएको एक कानुनअनुसार कुनै पनि कम्पनीले कर्मचारीलाई मासिक सय घण्टाभन्दा बढी ओभरटाइममा लगाउन पाइँदैन। आलोचकहरुका अनुसार यो कानुनमा सुधार गर्नुपर्ने कुरा धेरै छन्।

प्राध्यापक साकुरादाले सातामा काम गर्ने दिन घटाएर यस्ता समस्या समाधान गर्न सकिने बताए।

माइक्रोसफ्ट जापान र मिजुहो फाइनान्सियल ग्रुपले कर्मचारीलाई साताभरिमा थप एक दिन बिदामा बस्ने सहुलियत दिएको छ। 

यस्तै कपडा कारोबार गर्ने कम्पनी फास्ट रिटेलिङले सन् २०१५ मा सबैभन्दा पहिला कर्मचारीलाई सातामा चार दिन काम गर्ने सहुलियत दिएको थियो। 

कम्पनीका प्रवक्ता पेई ची तुङले भने, 'हाम्रा कर्मचारीले राम्रो वातावरणमा काम गरून् भनेर हामीले धेरै परिवर्तन गरेका छौं।’
सांसद इनोगुचीको प्रस्ताव कार्यान्वयन गर्न सरकारको आर्थिक समर्थन चाहिन्छ। 

सातामा तीन दिन बिदा दिएमा परम्परागत सोचाइ राख्ने माथिल्ला तहका कर्मचारीले रुष्ट हुने सम्भावना छ। उनीहरू आफ्नो रगत पसिना बगाएर जापानलाई आर्थिक पावरहाउस बनाएको ठान्छन्। डीब्ल्यूबाट
 

प्रकाशित: Feb 03, 2021| 06:02 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।