बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा मध्यमवर्ग केन्द्रित बजेट सार्वजनिक, २०२२ भित्र किसानको आम्दानी दोब्बर बनाउने   

भारतमा मध्यमवर्ग केन्द्रित बजेट सार्वजनिक, २०२२ भित्र किसानको आम्दानी दोब्बर बनाउने   

भारतले आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गरेको छ। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– भारतले आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गरेको छ। 

National life

आगामी अप्रिलदेखि सुरु हुने नयाँ आर्थिक वर्षका लागि भारतीय अर्थमन्त्री निर्मला सीतारमणले सोमबार ३४.५० लाख करोडको बजेट संसद्मा पेस गरेकी हुन्।

भारतले आगामी आर्थिक वर्षमा स्वास्थ्य बजेट १३७ प्रतिशतले बढाएको छ। 

स्वास्थ्यतर्फ २२ खर्ब ३८ अर्ब ४६ करोड भारतीय रुपैयाँ छुट्याइएको अर्थमन्त्री सीतारमणले जानकारी दिइन्। 

भारतले कोरोना खोपका लागि मात्रै ३ खर्ब ५० अर्ब छुट्याएको छ। भारतले एक सय मुलुकलाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ। 

Laxmi sunrise bank
kumari

भारतको जनसंख्या १ अर्ब ३० करोड छ। यसमा बहुसंख्यक जनसंख्या मध्यम वर्गीय छ। कोरोना प्रभावित यही समूहलाई केन्द्रित गरेर भारत सरकारले बजेट ल्याएको छ। 

‘आत्मनिर्भर भारत’ नारासहित ल्याइएको बजेटमा सन् २०२२ सम्म किसानको आम्दानी दोब्बर बनाउने लक्ष्य राखिएको छ। लघु सिचाइँ कोष बढाएर १ खर्ब बनाइएको छ। 

पूर्वाधार निर्माण, स्वास्थ्य, युवाको लागि रोजगारी, महिला सशक्तिकरण, सबैका लागि शिक्षालगायत कार्यक्रममा बजेट केन्द्रित गरिएको छ। 

वायु प्रदूषण नियन्त्रणको लागि २२ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ। आगामी जनगणनाको लागि भारतले ३ खर्ब ७६ करोड बजेट छुट्याएको छ। 

आगामी वर्षदेखि ७५ वर्ष उमेर कटेका निवृत्तिभरण वाहक नागरिकले कुनै प्रकारको आयकर बुझाउनु नपर्ने भएको छ। व्यक्तिगत आयकरको सीमा यथावत् राखिएको छ। 

बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ७४ प्रतिशत पुर्‍याउने भएको छ। यसअघि ४९ प्रतिशत थियो।

बजेटमार्फत करको ‘स्ल्याब’ परिवर्तन गरिएको छैन। सुनचाँदीमा भन्सार १२.५ प्रतिशत घटाएर ७.५ प्रतिशत कायम गरिएको छ। 

भारत सरकारले तीन वर्षमा ७ टेक्स्टाइल पार्क स्थापना गर्ने जनाएको छ। बजेटमा राष्ट्रिय रेल योजना २०३० ल्याइएको छ। 

तमिलनाडुमा ३ हजार ५०० किलोमिटर राष्ट्रिय राजमार्ग बनाउने योजना समेटिएको छ। उक्त योजना आगामी वर्ष सुरु हुने छ भने त्यसको लागि १.०३ लाख करोड बजेट विनियोजन गरिएको छ।  

भारतले पहिलो पटक ‘पेपरलेस बजेट’ प्रस्तुत गरेको हो। बजेट भाषणका क्रममा सबै सांसदलाई डिजिटल कपी उपलब्ध गराइएको थियो। 


 

प्रकाशित: Feb 01, 2021| 11:24 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।