सोमबार, चैत २, २०८२

टोटेनहमविरुद्ध लिभरपुलको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा साविक विजेता लिभरपुलले जित निकालेको छ।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा साविक विजेता लिभरपुलले जित निकालेको छ।

National life

टोटेनहम हट्स्पुर रंगशालामा घरेलु टिम टोटेनहमलाई ३–१ गोलले हराउँदै लिभरपुलले जित निकालेको हो।

लिभरपुलको जितका लागि रोबर्टो फर्मिनो, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड र साडियो मानेल गोल गरे।

पहिलो हाफको निर्धरित समयसम्म गोलरहित बराबरी भएपछि इन्ज्युरी समयमा गोल गर्दै रोबर्टो फर्मिनोले गोल गर्दै सुरुवाति अग्रता दिलाए।
यससँगै पहिलो हाफमा लिभरपुल एक गोलले अघि रह्यो।

दोस्रो हाफको ४७ औं मिनेटमा गोल गर्दै अलेक्जेन्डरले लिभरपुललाई दुई गोलको अग्रतामा पुर्याए। यता घरेलु टिम टोटनहमका पियरे इमिली हल्ब्याले ४९ औं मिनेटमा गोल गर्दै खेलमा फर्कन चाहे पनि सकेनन्।

Laxmi sunrise bank
kumari

बरु, लिभरपुलकै मानेले ६६ औं मिनेटमा गोल गर्दै पाहुना टिमलाई ३–१ गोलको सहज अवस्थामा पुर्याए।
 

प्रकाशित: Jan 29, 2021| 01:37 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।