बिहीबार, असार २५, २०८३

रौतहटमा प्रधानमन्त्री बालेनको पुतला दहन

 |  बिहीबार, असार २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०८३

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै स्थानीय बासिन्दाहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रदर्शन गरेका छन्।

नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर विकास बजेट फ्रिज गराउने षड्यन्त्र भएको भन्दै स्थानीयहरू आन्दोलित बनेका हुन्। 

आन्दोलनकारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेलाई जिम्मेवारी पूरा नगरेको भन्दै मन्त्रालय फिर्ता बोलाइए पनि, हालसम्म नयाँ अधिकृत नपठाउँदा नगरपालिकाको प्रशासनिक र विकास निर्माणका कामहरू ठप्प भएको आरोप लगाएका छन्।

प्रदर्शनका क्रममा आक्रोशित स्थानीयहरूले 'मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर', 'मौलापुरमा हाकिम पठाऊ', 'मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन' र 'सम्मानित अदालतको आदेश पालन गर' जस्ता नाराहरू लगाएका थिए। विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने समयमा कर्मचारीको अभाव देखाएर नगरपालिकालाई हाकिमविहीन बनाउनु अनुचित भएको भन्दै उनीहरूले तत्काल निकासको माग गरेका छन्।
 

प्रकाशित: Jul 09, 2026| 16:21 बिहीबार, असार २५, २०८३
प्रतिक्रिया दिनुहोस्