आइतबार, भदौ २१, २०८३

‘नेकपा अहिलेको अवस्था आउनुमा शीर्ष नेताको बेइमानी’

नेकपा स्थायी कमिटी सदस्य एवम् एवं प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीति सल्लाहकार विष्णु रिमालले शीर्ष नेताको बेइमानीका कारण पार्टी अहिलेको अवस्थामा आइपुगेको बताएका छन्।
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

काठमाडौं– नेकपा स्थायी कमिटी सदस्य एवम् एवं प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीति सल्लाहकार विष्णु रिमालले शीर्ष नेताको बेइमानीका कारण पार्टी अहिलेको अवस्थामा आइपुगेको बताएका छन्।

नेपाल ट्रेड युनियन महासंघ राष्ट्रिय कार्यकर्ता भेलामा बिहीबार सम्बोधन गर्नै उनले भने, ‘शीर्ष नेतामा रहेको बेइमानी र जंगली आकांक्षाका कारण पार्टी अहिलेको अवस्थामा आइपुगेको हो।’

नेता रिमालले दाहाल–नेपालबाट सरकारको खुट्टोमा डोरी बाँध्ने काम गरिएको बताए। उनले भने, ‘दाहाल नेपालहरु तीन वर्षदेखि सरकारको गतिलाई रोक्ने र बाटो छेक्ने काममै लागे।’

उनले प्रधानमन्त्री र सरकारलाई आफ्नै पार्टीका नेताबाट प्रतिपक्षीले भन्दा बढी घेराबन्दी गरिएको बताए।

उनले भने, ‘हामीले पनि अहिलेको परिस्थिति आओस् भनेर चाहेकै थिएनौं।’

उनले दाहालले  विगतदेखि नै विधि र पद्धति मिच्दै आएको आरोप लगाए। नेता रिमालले सोही कारण जनयुद्ध लडेदेखि नै साथमा रहेका नेताकार्यकर्ता आज नरहेको भनाइ रिमालको छ।

माधवकुमार नेपालले नवौं महाधिवेशनमा ओलीसित पराजित भएदेखि नै चलखेल गर्न थालेको उनको आरोप छ। रिमालले भने, उहाँले कहिल्यै सीधा बाटोबाट पद प्राप्त गरेको  छैन। विधिपद्धतिको गफ गर्ने उहाँले नै दुई तिहाइको सरकारलाई भड्खालोमा हाल्ने काम गर्नुभयो।’

प्रकाशित: Jan 28, 2021| 09:03 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।