बिहीबार, फागुन २८, २०८२

सिक्किमको नाकुलास्थित भारत–चीन सीमामा झडप

भारतीय सेनाले सिक्किमको नाकुलामा चिनियाँ सैनिकसँग झडप भएको पुष्टि गरेको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं- भारतीय सेनाले सिक्किमको नाकुलामा चिनियाँ सैनिकसँग झडप भएको पुष्टि गरेको छ।

National life

एक वक्तव्य जारी गर्दै भारतीय सेनाले उत्तरी सिक्किमको नाकुलामा चिनियाँ सैनिकसँग झडप भएको पुष्टि गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘उत्तरी सिक्किमको नाकुला इलाकामा २० जनवरीमा भारतीय सैनिक र पिपुल्स लिबरेशन आर्मीको बीचमा सामान्य झडप भएको छ र यो मामिला स्थानीय कमान्डरले आफ्नो नियमअनुसार सुल्झाएका छन्।’

सैनिकले सामान्य झडप भएको र यसअघि यो तथ्यलाई तोडमोड गरिएको आरोप लगाएको छ।

झडपअघि समाचार एजेन्सी एएफपीले भारतीय मिडियामा छापिएको रिपोर्टलाई उद्धृत गर्दै झडपमा दुबै पक्षका सैनिक घाइते भएको जनाएको थियो।

Laxmi sunrise bank
kumari

यसअघि भारतीय सञ्चारमाध्यममा उक्त झडपमा २० चिनियाँ सैनिक घाइते भएको समाचार आएको थियो। साथै ४ जना भारतीय सैनिक पनि घाइते भएको उल्लेख गरिएको थियो।

चीन सरकार समर्थित न्यूज वेबसाइट ग्लोबल टाइम्सले भारतीय मिडियामा आएको चिनियाँ सैनिक घाइते भन्ने समाचार झुटो भएको बताइसकेको छ।

ग्लोबल टाइम्स लेखेको छ, ‘भारत–चीन सीमा भएको झडपमा २० चिनियाँ सैनिक घाइते भन्ने समाचार झुटो हो।’ बीबीसी

प्रकाशित: Jan 25, 2021| 08:40 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।