शनिबार, असोज ३, २०८३

नयाँ उपन्यास ‘उत्सर्ग’ बजारमा 

सानु शर्माद्वारा लिखित उपन्यास ‘उत्सर्ग’ आइतबार बजारमा आएको छ। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– सानु शर्माद्वारा लिखित उपन्यास ‘उत्सर्ग’ आइतबार बजारमा आएको छ। 

उपन्यासमा वैदेशिक रोजगारीमा जानुपर्ने आमअभिभावकको बाध्यता र त्यसले सन्तालाई दिने सन्तापको विषयलाई मुख्य कथावस्तु बनाएको छ। 

अभिभावकले एउटी बालिकालाई कहिले होस्टेलमा त कहिले आफन्तलाई जिम्मा लगाई प्रवासमा बस्नुपर्दाको उकुसमुकुस र त्यसले दिने मानसिक सन्तापलाइ सजीव तवरले उपन्यासमा प्रस्तुत गरिएको छ। 

सरल र मर्मस्पर्शी भाषामा लेखिएको यो उपन्यासमा अभिभावक र बच्चा एक्लिँदाका अनुभूति छ। यस्तै मान्छेलाई मान्छे बनाउन पात्रा आर्याको सशक्त भूमिका छ। यसैगरी एकथोक पाउन सबथोक गुमाउनुपछिको पश्चात्ताप यो उपन्यासले बखान गरेको छ। लेखकको यसअघि ‘एकादेशमा’ कथा संग्रह प्रकाशित छ। पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

प्रकाशित: Jan 25, 2021| 08:36 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।