काठमाडौं– लोकतान्त्रिक आन्दोलनका योद्धालाई सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरिएको छ।
मन्त्रिपरिषदको आइतबारको बैठकले पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको हो।
कार्यदलमा अरू मन्त्रीहरू सदस्य रहने छन्।
कार्यदलले शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्षलगायतमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिने शहीद परिवार, घाइते, बेपत्ता, अंगभंग भएकाहरूको पहिचान र सम्मानको लागि परिचयपत्रको व्यवस्था पनि गर्ने छ।