सल्यान– शिक्षक र विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बनगाड कुपिन्डे नगरपालिकाका दुई विद्यालय बन्द गरिएको छ।
संक्रमणको जोखिम कम गर्न प्रभाकर माध्यमिक विद्यालय, देवस्थल र गंगा प्राथमिक विद्यालय, अम्रा एक साताको लागि बन्द गरिएको हो।
देवस्थलको प्रभाकर माविका शिक्षक र विद्यार्थी गरी १० जना तथा गंगा प्राविका तीन शिक्षकमा कोरोना संक्रमण भएको छ।
हालसम्म ४६ जनाको स्वाब परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। अन्यको पनि स्वाब संकलन भइरहेको र लक्षण देखिए तत्काल सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।