मंगलबार, चैत १०, २०८२

एमबीबीएसको शुल्क नबढाउन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण कार्यदलले पेश गरेको एमबीबीएस कार्यक्रमको शुल्क बढाउनुपर्ने प्रस्ताव अस्वीकृत गरेका छन्। 
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण कार्यदलले पेश गरेको एमबीबीएस कार्यक्रमको शुल्क बढाउनुपर्ने प्रस्ताव अस्वीकृत गरेका छन्। 

National life

आयोगले शैक्षिक सत्र ०७७–७८ मा एमबीबीएस कार्यक्रमको लागि आठ लाख रुपैयाँ शुल्क बढाउनुपर्ने प्रस्ताव पेश गरेको थियो। कार्यदलले अहिले कायम रहेको ४० लाख २३ हजार २५० रुपैयाँ शुल्कमा वृद्धि गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो। 

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अहिले आमनागरिकको आर्थिक अवस्था कमजोर भएको समयमा शुल्क बढाउन उचित नहुने भन्दै प्रस्ताव अस्वीकृत गरेको आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले बताए।

आयोगको पाँचौं बैठकमा आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अहिले शुल्क बढाउँदा जनमानसमा गलत सन्देश जाने भएकोले यो अवस्थामा शुल्क नबढाउन सुझाव दिएका थिए।

कार्यदलले चिकित्सा शिक्षाका अन्य विषय बीडीएस, एमडीएमएस, एमडीएस साइन्स, एमडी आयुर्वेद, एमएन एमएससी नर्सिङ, एमफर्मा, एमएससी मेडिकल माइक्रोबायोलोजी, एमएससी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा पनि शुल्क बढाउन सिफारिस गरेको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 24, 2021| 09:32 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्