मंगलबार, चैत १०, २०८२

त्रिविमा बीएससी सीएसआईटी प्रवेश परीक्षाको फारम खुल्यो

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यालयले सेमेस्टर प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सचूना प्रविधि (बीएससी सीएसआईटी) अध्ययनका लागि प्रवेश परीक्षाको फारम खुलाएको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यालयले सेमेस्टर प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सचूना प्रविधि (बीएससी सीएसआईटी) अध्ययनका लागि प्रवेश परीक्षाको फारम खुलाएको छ।

National life

विश्वविद्यालयको आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीले शैक्षिक सत्र ०७७ को लागि प्रवेश परीक्षामा सहभागी हुनुपर्ने त्रिविले जनाएको छ। 

विज्ञान संकायबाट दोस्रो श्रेणी वा प्रत्येक विषयमा सी ग्रेड ल्याई कक्षा १२ उत्तीर्ण, ए लेभलमा डि ग्रेड ल्याई उत्तीर्ण, सिटिईभीटीबाट इन्जिनियरिङ डिप्लोमामा दोस्रो श्रेणी ल्याई उत्तीर्ण गरेका विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्।

विद्यार्थीले माघ ११ गतेबाट फागुन २ गतेसम्म रु. १५०० तिरेर र दोब्बर दस्तुर तिरेर फागुन ९ गतेसम्म प्रवेश परीक्षाको फारम भर्न सक्नेछन्। प्रवेश परीक्षा फागुन २४ गते सोमबार १२ बजेदेखि हुने पनि त्रिविले सूचनामार्फत् जनाएको छ।
 

प्रकाशित: Jan 24, 2021| 07:47 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्