आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन

राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन

नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन दिएको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन दिएको छ।

नेकपा दाहाल नेपाल पक्षका नेताहरू कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीलगायतले निवेदन दिएका हुन्।

नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले निवेदन बुझाएको जानकारी दिइन्।

'संसद् विघटनको निर्णय पनि अस्तिसम्म राजपत्रमा छापिएको थिएन। यसको वैधानिकता र आधिकारिकतामा प्रश्न उठाउँदै निवेदन दिइएको हो,’ उनले भनिन्। 

बहसमा अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता डा. टीकाराम भट्टराईले राजपत्र सूचना प्रकाशित नै नभएको भन्ने प्रश्न उठाएका थिए।त्यसपछि सरकारले शुक्रबार प्रतिनिधिसभा विघटन भएको सूचना छापिएको राजपत्र इजलासमा पेश गरेको थियोे।

प्रकाशित: Jan 24, 2021| 06:47 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।