आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीशले भने- बाहिर के भइरहेको छ भन्ने कुरो इजलासमा नल्याउनुस्

प्रधानन्यायाधीशले भने- बाहिर के भइरहेको छ भन्ने कुरो इजलासमा नल्याउनुस्

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाहिर बजारमा आइरहेको विषयमा इजलासको ध्यान नजाने भन्दै त्यस्ता विषय बहसका क्रममा नल्याउन वकिलहरूलाई रुलिङ गरेका छन्।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाहिर बजारमा आइरहेको विषयमा इजलासको ध्यान नजाने भन्दै त्यस्ता विषय बहसका क्रममा नल्याउन वकिलहरूलाई रुलिङ गरेका छन्।

आइतबार वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा बाहिर आइरहेका प्रतिक्रियाको विषयबाट बहस सुरु गर्न खोजेपछि जबराले रोक्दै त्यस्ता विषयमा समय नखर्चिन रुलिङ गरेका हुन्।

‘अहिले बजारमा कसले के भनिरहेको छ, हामीले माइन्ड डाइभर्ट गर्दैनौं,’ जबराले भने, ‘अदालतले बजारको कुरो सुन्यो भने इजलासमा ठाउँ नहोला। पूर्व, वर्तमान अनेकका कुरो सुन्नुपर्ने होला तपाईंहरू त्यतातिर गएर बहस नगर्नुस् न।’

त्यसपछि त्रिपाठीले आफू विषयवस्तुमा केन्द्रित हुने भन्दै बहस सुरु गरेका हुन्।

अहिले उनले बहस गरिरहेका छन्। प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नभएको उनकाे भनाइ छ। 

प्रकाशित: Jan 24, 2021| 06:25 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।