आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा साढे ११ हजारलाई खोप लगाइने, आपूर्ति नेपालगन्जबाटै 

कर्णालीमा साढे ११ हजारलाई खोप लगाइने, आपूर्ति नेपालगन्जबाटै 

कर्णाली प्रदेशमा पहिलो चरणमा साढे ११ हजारलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको छ। 
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

सुर्खेत– कर्णाली प्रदेशमा पहिलो चरणमा साढे ११ हजारलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको छ। 

प्रदेशको राजधानी सुर्खेतमा कोल्ड स्टोर नभएका कारण खोप  लुम्बिनी प्रदेशकाे नेपालगन्जबाट पठाउन लागिएको छ।

यस्तै विमानबाट आपूर्ति गर्न सुर्खेतबाट भन्दा नेपालगन्जबाट सहज हुन्छ। 

‘सुर्खेतमा आपूर्ति केन्द्र छैन’, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले भने,  ‘कोरोनाविरुद्धको खोप नेपालगन्जबाटै वितरण गर्छौं।’ 

नेपालगन्जमा रहेको साविक क्षेत्रीय आपूर्ति केन्द्रको स्टोरमा कोरोना खोप स्टोर गरिनेछ। 

‘हामीसँग दुई वटा फ्रिज मात्रै छन्। सबै खोप सुर्खेतमा स्टोर गर्न सकिँदैन’, खड्काले भने।

डोल्पा, हुम्ला, जुम्ला र मुगुमा नेपालगन्जबाटै आपूर्ति गर्न सहज हुने निर्देशनालयले जनाएको छ। यस्तै कालिकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिममा पनि नेपालगन्ज स्टोरबाटै वितरण गरिनेछ। 

साना आकारका दुई वटा मात्रै फ्रिज भएका कारण सबै खोप स्टोर गर्न नसकिने निर्देशनालयले जनाएको छ।  

नेपालगन्जबाट कर्णालीका विभिन्न जिल्ला पु¥याएको एक सातामा खोप लगाइन सुरु गरिनेछ।

कुन जिल्लामा कति जनालाई खोप लगाइन्छ भन्ने विषयमा भने निश्चित भइनसकेको निर्देशनालयले जनाएको छ।

प्रकाशित: Jan 24, 2021| 05:38 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।