शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायालयले जनताको आवाज सुन्नुपर्छ : वरिष्ठ नेता पौडेल

न्यायालयले जनताको आवाज सुन्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयले जनताको आवाज सुन्नुपर्ने बताएका छन्।
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयले जनताको आवाज सुन्नुपर्ने बताएका छन्। 

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले  शनिबार आयोजना गरेको  स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नेता पौडेलले ५ वर्ष चल्नुपर्ने सरकारलाई बीच बाटैमा तुहाएर निर्वाचनमा जाने प्रक्रियाले मुलुकमा भ्रष्टाचार र गरिबी बढ्ने तर्क गरे। 

प्रधानमन्त्री केपी ओलीको कदमलाई नेपाली कांग्रेसले असंवैधानिक भनिसकेको उनले बताए। उनले भने, ‘संसद् पुनःस्थापना हुनैपर्छ।’ 

इतिहासबाट पाठ सिकेर संसद् पुनःस्थापना हुनुपर्नेमा उनको जोड छ। पार्टीभित्रको झगडाले संसद् विघटन गर्नु न्याय सम्मत नभएको पौडेलले बताए। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले प्रतिनिधिसभा विघटनले मुलुकमा अन्योल छाएको बताए। संविधान र लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्ने उनले बताए। 

केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र डा. डिला संग्रौलाले राजनीति विधि र पद्धतिअनुसार चल्नुपर्ने बताए। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले जनतालाई गरिबी तर्फ धकेल्ने वर्तमान राजनीतिक परिस्थितिले गर्दा राजनीतिक दल र जनता सडकमा आउनुपरेको बताए। 

कार्यक्रममा दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने जनही ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कवि एवं गीतकार एसपी कोइराला (शंकर कोइराला) र विष्णुविभु घिमिरेलाई प्रदान गरिएको छ। 

जनही २५ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकारद्धय हरिहर विरही र मोहन भण्डारीलाई प्रदान गरिएको छ। 
 

प्रकाशित: Jan 23, 2021| 16:01 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।