शनिबार, भदौ २०, २०८३

चर्चित टेलिभिजनकर्मी ल्यारी किङको निधन

अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको मृत्यु भएको छ। 
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

काठमाडौं- अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको मृत्यु भएको छ। 

सीएनएनका टेलिभिजनकर्मी ल्यारीको ८७ वर्षको उमेरमा आज शनिबार मृत्यु भएको हो। उनी लेखक पनि हुन्। 

सीएनएनमा उनले चलाएको कार्यक्रम ल्यारी किङ लाइभ निकै चर्चित छ। ल्यारीले रेडियो, टेलिभिजन र डिजिटल माध्यममा गरी ६३ वर्ष सञ्चार कर्म गरेको बताइएको छ। 

ल्यारीलाई केही समय अघिमात्रै कोरोना भाइरसको संक्रमण भएको थियो। फोक्सोको क्यान्सरका पीडित उनलाई धेरै पटक हृदयाघातसमेत भएको थियो।

उनले ल्यारी किङ कार्डियाक फाउन्डेसन पनि स्थापना गरेका छन्।

प्रकाशित: Jan 23, 2021| 15:53 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।